
काठमाडौं । ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
एकेडेमी २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम तथा अतिरिक्त क्रियाकलापको पनि आयोजना गरिएको थियो ।
सो अवसरमा प्रतियोगितामा सहभागी भई प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका सहभागीले खेलकुदका गतिविधिले शारीरिक एवं मानसिक विकास हुने बताउँदै सानै उमेरदेखि नै बालबालिकालाई खेलकुदको क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्