काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बतानउनु भएकाे छ ।
रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भन्नुभयाे, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’
त्यस्तै उहाँले पछिल्लाे समय सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोख्नु भएकाे छ ।
त्यस्तै आजै रास्वपाले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय समेत गरेकाे हाे ।





प्रतिक्रिया दिनुहोस्