Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


रविले भने –नेपाली नागरिकता र पासपाेर्ट दुरुपयाेग गरेकाे छैन


221
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गर्नुभएकाे छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गर्नुभएकाे हाे। तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताउनु भयाे ।

उहाँले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालें । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें।’