काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने बाहिरिए पनि समर्थन कायम राख्ने निर्णय गरेकाे छ ।
रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने सरकारबाट पार्टी बाहिरिए पनि समर्थन कायम राख्ने बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएकाे समर्थन कायम रहन्छ।’
स्राेतका अनुसार सभापति लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हाे । साथै रास्वपालाई गृहमन्त्रालय पनि नदिने सन्देश प्रधानमन्त्री दाहालले दिएसँगै पार्टीले कडा निर्णय गरेकाे बताइएकाे छ ।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हाे ।




प्रतिक्रिया दिनुहोस्