Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


किसानले उठाएका मागहरु सम्बोधन हुन्छ : कृषिमन्त्री साह


143
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनुभएको छ ।

शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।

तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने उहाँको भनाई छ । मन्त्री साहले यो महिनाभित्रमा दूधको समस्या हल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

दूध र दुग्ध पदार्थ आयातलाई पूर्णरूपमा बन्देज गर्न, दूधमा थप प्रति लिटर १४ रुपैयाँ किसानले पाउनेगरी मूल्यवृद्धि गर्न, किसान परिचयपत्र तथा किसान वर्गीकरण तथा जमिन करार ऐनको शीघ्र कार्यन्वयनलगायतका २६ वटा माग मन्त्रीसमक्ष राखेको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका अध्यक्ष आनन्द निउरेले बताउनुभयो ।