Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा


0
Shares

काठमाडौं, भदौ १३ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार अपराह्न राजधानी आइपुगेका छन् ।

राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मानगारत प्रस्तुत् गरेको थियो ।

सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस परेरा, श्रीलंकाका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्‍याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले पनि श्रीलंकाली राष्ट्रपतिलाई स्वागत गरेका थिए । रासस