Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


नेविसंघ बर्दियाकाे सभापतिमा हमाल चयन


520
Shares

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बर्दियाकाे सभापतिमा नगेन्द्र हमाल चयन हुनुभएकाे छ ।

आज गुलरियामा भएको नेविसंघ बर्दियाकाे निर्वाचन भेलाबाट सभापतिमा हमाल चयन हुनुभएकाे हाे । जिल्ला भेलाले उहाँलाई नेविसंघ बर्दियाकाे सभापतिमा चयन गरेकाे हाे ।

सभापतिमा चयन भएपछि उहाँले भन्नुभयाे,’सभापतिकाे जिम्मेवारी पाउँदा एक किसिमकाे उत्साह आएकाे छ, साथै जिम्मेवारीकाे समेत बाेध भएकाे छ।’

उहाँले आगामी स्ववियू निर्वाचनमा नेविसंघलाई विजयी गराउने जिम्मेवारी मेराे काँधमा आएकाे बताउनु भयाे । त्यसैगरी उहाँले अब ३ महिनाभित्र स्वयुव चुनाव र जिल्ला अधिबेशन गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

उहाँले १० वटा क्याम्पसमा टिकट वितरण गरेर विद्यार्थीको चाहाना तथा बहुमतको कदर गरेर स्ववियू चुनावमा अघि बढ्ने बताउनु भयाे । उहाँले चुनावमा सबैलाई समेटेर अघि बढ्ने समेत प्रतिबद्धता जनाउनु भयाे ।

उक्त जिल्ला भेला नेविसंघ बर्दियाका सभापति शाेभाकान्त पाैडेल अध्यक्षता तथा नेपाली काङ्ग्रेस बर्दियाका युवा नेता कमल प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।