१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उल्ट्याइदिने ट्रम्पको चेतावनी


0
Shares

काठमाडौं, भदौ १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उनीहरुले जबर्जस्ती उल्ट्याइदिने चेतावनी दिएका छन् ।

उनले अभिव्यक्ति स्वतन्त्रता र धर्मको सम्बन्धमा पनि निर्वाचन जनमतसंग्रहजस्तै भएको बताए ।

ट्रम्पले चुनावमा हिंसा मच्चाउहरुले चुनौती दिनसक्ने पनि उल्लेख गरे ।

क्रिस्चियन समुदायलाई सहयोगको आह्वान गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सबैथोक गुमाउनुअघि एक भोट रहेकामा सचेत हुनुपर्ने बताए ।

मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको लोकप्रियता जाँच्ने अवसरकारुपमासमेत हेरिएको छ ।

यता, क्रिस्चियन धर्मका नेताहरुसँग ‘ह्वाइट हाउस’मा ट्रम्पले गरेको वार्ताको अडियो टेपसमेत सार्वजनिक भएको छ ।

कुराकानीकाक्रममा ट्रम्पले उनीहरु भयंकर शक्तिशाली रहेको भन्दै मध्यावधि निर्वाचन उनीहरुको धर्मका लागि पनि जनमतसंग्रहजस्तै भएको बताएका थिए ।

आफ्ना पूर्ववर्ती वकिल र चुनावी अभियानका पूर्वप्रमुख चुनावी अभियानसँग जोडिएका मुद्दामा दोषी पाइएपछि ट्रम्प अहिले नकारात्मक प्रचारसँग जुधिरहेका छन् ।

त्यहाँको प्रतिनिधिसभाका सबै ४३५ सिट, १०० सिट रहेको सिनेटको ३५ सिट, ५० ओटा राज्यका गभर्नरमध्ये ३६ गभर्नर र स्थानीय निकायहरुका लागि मध्यावधि निर्वाचन हुँदैछ ।

सत्तारुढ रिपब्लिकनको अहिले संसदको दुवै सदनमा बहुमत छ । (एजेन्सी)