१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


पर्सा मालपोतका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


65
Shares

काठमाडौं । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ ।

आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाे हाे ।

उनीहरुमाथि स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा सार्ने भूमिका खेकाे अख्तियारकाे भनाइ छ ।