
काठमाडाैं । हेटौँडा उपमहानगरपालिकाले तोकआदेशकाे भरमा जागिर गरिरहेका ७१ कर्मचारीलाई हटाएको छ। आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारीलाई उपमहानगरले हटाएको हाे ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरी उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख हरिबहादुर महतको ठाडो तोकबाट जागिर खाएकाहरूको जागिर गएकाे हाे ।
उहाँले भन्नुभयाे,’जागिरबाट हटाइएका कर्मचारीमा चौथो, पाँचौँ र छैटाैँ तहका कर्मचारी रहेका छन्।’ उहाँले यही पुस मसान्तसम्म करार सम्झौता भएकालाई उपमहानगरपालिकाले जागिरबाट हटाएको बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्