१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरिए फेरि अनशन बस्छु : डा. केसी


0
Shares

काठमाडौं, भदौ १३ । प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकपछि हामीसँग कुरा गर्दै उनले आफू चिकित्सा शिक्षालाई सस्तो, निःशुल्क, गुणस्तरीय र समान पहुँच बनाउन लड्दै आएको बताउँदै सम्झौता भइसकेको विधेयकमा तल–माथि भए आमरण अनशन बस्ने चेतावनी दिए ।

सम्झौता भइसकेको विषयमा छलफल नै आवश्यक नरहेको भन्दै सोही विषयमा छलफल गर्न बोलाइएकामासमेत डा. केसीले असन्तुष्टि व्यक्त गरे ।