बारा । राष्ट्रिय गौरवको आयोजनामध्येको रक्सौल–अमलेखगन्ज इन्धन पाइपलाइनको कामले तीव्रता पाएको छ ।
गत बैशाख महिनादेखि पाइप बिच्छ्याउन शुरु गरेको आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको छ ।
नेपालतर्फको ३६ दशमलव २ किलोमिटरमध्ये १६ किलोमिटर र भारततर्फको ३३ दशमलव ७ किलो मिटरमध्ये २४ किलोमिटर पाइप जमिनमा विछ्याइसकिएको छ ।
पाइपलाइन विस्तार गर्ने रुटमा वजार क्षेत्र एवं आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र खोला नालाका कारण विस्तारमा केही अवरोध आएपनि १५ महिनाको समयसीमामै काम सकिने आयोजनाले दाबी गरेको छ ।
यसका अतिरिक्त पाइपलाइनमार्पmत् आउने इन्धन भण्डारणका लागि अमलेखगञ्जमा ४ वटा ट्यांकी मर्मत् संभार भइरहेको ईन्जिनियर शरद पौडलले जानकारी दिए ।
उता सिमरादेखि अमलेखगञ्ज सम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्ने भएका कारण काममा केही ढिला भएको छ त्यसको लागि त्यसका लागि सामुदायिक र निकुञ्ज क्षेत्रका ३० से.मी. डायमिटर भन्दा ठूला पाँच हजार रुख काटिने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्