Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


शहिदको सम्मानमा बलिदान होइन, देशका लागि योगदान गरौं: मेयर साह


26
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शहिदहरूको सम्मानमा बलिदान नभइ देशका लागि योगदान गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

सोमबार शहिद दिवसको अवसरमा लेनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमर शहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताउनुभयो।

उहाँले शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले शहिदहरुले भावि सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहिदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताउनुभयो ।

शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहिदहरुको आत्माले शान्ति पाउने उहाँले बताउनुभयो । अमर शहिदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने मेयर साहले बताउनुभयो ।