३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


रविले नागरिकता लिने बेला लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल


6.825k
Shares

काठमाडाैं । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिने क्रममा आईतबार लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल भएकाे छ ।

समाजिक सञ्जालमा केही व्यक्तिले लामिछाने पुन: नागरिकता लिने क्रममा लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा पाेष्ट गरेपछि भाइरल भएकाे छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अलि बढी नै सुरक्षासतर्कता रहेकाे थियाे। रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आउने भएपछि सुरक्षासतर्कता बढाइएकाे थियाे ।

उता सर्वसाधारणहरू हरेक दिन जस्तै लाइन लागेर नागरिकता लिने प्रक्रियामा रहेका थिए भने करिब साढे ११ बजे लामिछाने दलबलसहित प्रशासन पुगेका थिए ।

त्यहाँ पुग्ने बित्तिकै लाइन मिचेर कार्यालयभित्र छिरेर नागरिकता पुनः प्राप्ति प्रक्रिया अघि बढाए । प्रशासनले पनि तुरुन्तै नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु गरेको थियो ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने आइतबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेका हुन् ।सर्वसाधारणहरू नागरिकता बनाउन सास्ती खेपिरहँदा पूर्वगृहमन्त्रीले विशेष सुविधा पाएका थिए ।

तर लामिछानेका प्रशंसकहरुले उहाँ लाइन बसेकाे भनी लामाे स्टाटस लेख्दै फेक फाेटाे सेयर गरेका थिए ।अहिले समाजिक सञ्जालमा लामिछानेले पुन: नागरिकता लिने क्रममा अपनाउने प्रक्रियालाई लिएर पक्ष विपक्षमा बहस भइरहेकाे छ ।

एक जना समाजिक सञ्जालकर्ताले लेखेका छन्, ‘एक जना साइबरे हनुमानहरु यो तस्बिर सामाजिक सञ्जालमा राखेर रवि लामिछाने नागरिकता लिन सर्वसाधारणसँग लाइन लागेको प्रचार गरिरहेका छन् । अहिलेको मौसम र कपडा हेरेर पनि अनुमान लगाउन सक्नु नि कहिलेको तस्बिर होला भनेर।’

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको उनको उपप्रधान एवं गृहन्त्री र सांसद पद खारेज गरेको थियो । त्यसैगरी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए । तर नागरिकता पुनःप्राप्त गरेपछि उनी आईतवार फेरि पार्टी सभापति बनेका छन् ।