Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने

'जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै'

3k
Shares

काठमाडौं । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनु हुनेछ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाउनु भएको छ ।

लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ मा भने उपनिर्वाचन हुने भएको छ ।