
काठमाडौं । शनिबार देशभरको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बिहान देशको तराईका भू–भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्