Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सम्पदा संरक्षण गर्नु युवाको दायित्व : मेयर साह


39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताउनुभयो । उहाँले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गर्नुभयो ।

महानगरपालिका प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको बताउनुभयो ।