
काठमाडौं । वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिवविहीन हुन पुगेको छ ।
मन्त्रालयमा तीन महिनादेखि मन्त्री र दूई महिनादेखि सचिव छैनन् । यसले मन्त्रालयमा अधिकांश काममा अवरोध भइरहे पनि सरकार संवेदनशीन बनेको देखिदैन ।
अन्यजस्तै वन मन्त्रालय राजनीतिक दलको रोजाइमा नपरेको कारण यो नेतृत्वविहिन बन्न पुगेको हो ।
निर्वाचनपछि बनेको मन्त्रीमण्डलमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग यो मन्त्रालय रहेको छ । तर, विभागीय मन्त्री नहुँदा यसका कपिय महत्वपूर्ण निर्णयहरू मन्त्रिपरिषद् जान नसकेको मन्त्रालयकै उच्चपदस्थ कर्मचारीको गुनासो छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्