२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान


650
Shares

काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।”

खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।”

यसैगरी मन्त्री खांनले खानेपानी मन्त्रालयले सञ्चालन गरेका योजनामा अवरोध भएको भए कहाँ, कसरी र कुन निकायबाट अवरोध भयो त्यसका विषयमा आफूलाई जानकारी दिनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । सोही क्रममा उहाँले आफू नेपाली जनताको सेवाका लागि मन्त्री भएको र नेपाली जनतालाई सेवा दिन हर हमेसा प्रयासरत रहने बताउनुभयो । कर्मचारीले पनि इमान्दारिताका साथ आफ्नो काममा लगनशील हुनुपर्ने मन्त्री खांनको भनाइ थियो ।