राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जनाकाे उम्मेदवारी « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जनाकाे उम्मेदवारी


494
Shares

दाङ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएकाे छ ।

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनकाे लागि सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले पनि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

त्यसैगरी उपनिर्वाचनकाे लागि नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले पनि मनोनयन दर्ता गराउनु भएकाे हाे ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।