एसी मिलानको लज्जास्पद हार « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


एसी मिलानको लज्जास्पद हार


273
Shares

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति भएको खेलमा मिलानले लाजियोसँग ४–० को हार बेहोरेको हो ।

खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोलाई २–० को अग्रता दिलाए । ६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोको अग्रता तेब्बर बनाए । त्यसपछि ७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए ।

जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।