अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने

'बेचे कारबाही हुन्छ : प्रहरी'

234
Shares

काठमाडौं । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको हो ।

अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ ।