संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन


1.014k
Shares

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसाे आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको हाे। व्यवसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।

प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पतालमा पुर्‍याएकाे थियाे। तर उनको शरीरको ८० प्रतिशत भाग जलिसकेकाे थियो। अस्पतालले आचार्य ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको जनाएकाे छ ।

३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तव्य फेसबुकमा पोस्ट गर्दै व्यवसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको समेत बताएका थिए । आचार्यले आफूलाई ठगी गर्ने दर्जनौं व्यक्ति तथा व्यवसायिक कम्पनीहरुमाथि गम्भीर आरोप समेत लगाएका छन् ।