Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


साँढेको आक्रमणबाट चारजना घाइते


0
Shares

                           प्रतीकात्मक तस्वीर

गौशाला, भदौ १३ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चारजना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

साँढेले विगत एक सातादेखि स्थानीयको घर तोडफोड गर्नेलगायतका आतङ्क मच्चाइरहेका बेला मङ्गलबार पुनः एक स्थानीयको घरमा पसी घर भत्काउन थालेपछि स्थानीयले लखेट्न जाँदा साँढे थप आक्रमक भई चार जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । (रासस)