तीन लाख कम्पनीमा पब्लिक एक प्रतिशत तल « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


तीन लाख कम्पनीमा पब्लिक एक प्रतिशत तल


169
Shares

काठमाडौं । नेपालमा करिब ३ लाख कमपनी दर्ता भएपनि पब्लिक लिमिटेड कम्पनीको संख्या अत्यन्तै न्यून छ ।

सरकारी तथ्यांकअनुसार पुस मसान्तसम्ममा २ लाख ९९ हजार ७ सय ११ वटा कम्पनी दर्ता भएका छन् । यीमध्ये ९९.३७ प्रतिशत प्राइभेट लिमिटेड (प्रा.लि.) का रुपमा दर्ता भएका छन् भने ०.६३ प्रतिशत पब्लिक लिमिटेड छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार पुस मसान्तसम्ममा २ लाख ९२ हजार ९ सय ३० प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता भएका छन् । यो अवधिसम्म पब्लिक लिमिटेडका रुपमा दर्ता हुने कम्पनीको संख्या १ हजार ८ सय ६१ मात्र छ ।

कम्पनी ऐन २०६३ अनुसार प्राइभेट लिमिटेडका कम्तीमा एक जना र बढीका एक सय जनासम्म सेयरधनी हुन पाउने व्यवस्था छ । पब्लिक कम्पनीको सेयरधनी भने कम्तिमा सात जना र बढीमा जतिसुकै पनि राख्न पाउने व्यवस्था छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।