प्रदेश मन्त्रालय कटौती गर्ने सरकारको तयारी « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


प्रदेश मन्त्रालय कटौती गर्ने सरकारको तयारी


715
Shares

काठमाडौं । सरकारले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आर्थिक भार घटाउन प्रदेशका मन्त्रालयहरू कटौती गर्ने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थालाई औँल्इाउँदै प्रशासनिक खर्च घटाएर वित्तीय सुशासन कायम गर्न मन्त्रालय घटाउने तयारीमा रहेको प्रदेशका मन्त्रीहरूसँग बताउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताउनुभएको थियो ।

उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाटका लागि पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसहित प्रदेशका मन्त्री, सांसद र नेताहरूसँग उक्त कुरा बताएको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।