केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई


169
Shares

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त हुनुभएकाे छ ।

सोमबार प्रहरी प्रधान कार्यालयले डीआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेकाे हाे ।

यसअघि डीआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता हुनुहुन्थ्याे। राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेल नयाँ प्रवक्ता बनेर आउनु भएकाे हाे ।