योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ


104
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।

उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ पनि गर्नु भएको छ ।

श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।

यसअघि २०७३ सालमा पनि दाहाल प्रधानमन्त्री भएका बेला श्रेष्ठ आयोगको उपाध्यक्ष बननु भएको थियो ।