३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेट्रो आइ केयरमा आँखा उपचार सेवा सुरु


0
Shares

काठमाडौं, असार ४ । गुणस्तरीय एवम् सर्वसुलभ आँखा उपचारको संकल्पसहित राजधानीको सुविधानगर, तिनकुनेमा ‘मेट्रो आइ केयर प्रालि (आँखा अस्पताल) ले सेवा सुरु गरेको छ ।

अत्याधुनिक उपकरणबाट सुसज्जित अस्पतालले बृहत् आँखा एवम् दृष्टि परीक्षण, अत्याधुनिक ‘फाको’ प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया तथा मधुमेह र उच्च रक्तचाप भएकाहरुको विशेष आँखा जाँच तथा उपचारमा विश्वसनीय तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

तिलगङ्गा आँखा अस्पतालमा कार्यरत वरिस्ठ आँखा रोग, रेटिना विशेषज्ञ डाक्टर गोविन्द पौडेल लगायतका चिकित्सकको अगुवाइ र यस क्षेत्रमा लामो अनुभव हासिल गरेका दक्ष प्राविधिक समूहको प्रयासमा सर्वसाधारणलार्इ सुलभ तथा उच्चस्तरीय गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य रहेको मेट्रो आइ केयर प्रालिका निर्देशक नविन राज आचार्यले बताए ।