काठमाडौं, भदौ १२ । मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो ।
आइतबार र सोमबार घटेको नेप्सेमा मंगलबार झिनो सुधार आएको हो ।
यसदिन नेप्से सवा अंकले सकारात्मक रहेर ११ सय ७७ कायम भयो ।
यसदिन जलविद्युत्, अन्य र जीवनबिमा समूहबाहेक अरु कारोबार भएका समूहमा सुधार आएसँगै नेप्से हरियो रहेको हो ।
यसदिन होटल र उत्पादनमूलक समूहमा १२/१२ अंकको सुधार आयो ।
यसदिन १ सय ५४ कम्पनीका ६ लाख २२ हजार कित्ता सेयर १९ करोड ५ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्