Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


२५ वर्षदेखि उडान भर्दै आएकाे बुद्धका दुई बिचक्राफ्ट बिक्री


10.6k
Shares

काठमाडाैं । बुद्ध एयरले २५ वर्षदेखि उडान भर्दै आएकाे दुई बिचक्राफ्ट बिक्री गरेकाे छ ।

जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको कम्पनीले जनाएकाे छ ।

पुरानो जहाज भएपनि मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुँदा क्यानडियन कम्पनीले खरिद गरेको हाे ।

बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। बुद्धले बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट उडान सुरू गरेको थियो।

कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरे। विगत तीन वर्षदेखि भने कम्पनीले यी जहाज बिक्रीका लागि राखेको थियो।