
काठमाडौं, भदौ १२ । अवैधरुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले मंगलबार एकजना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेका छन् । उनी भुटानतर्फ जान लागेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्