सेती नदीमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


सेती नदीमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या


78
Shares

बझाङ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ ।

१५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१ र २ का सबै गाउँहरु तथा डोटी जिल्लाका वासीन्दा समेत समस्यामा परेका हुन् । झोलुंगे पुल बगाएपछि स्थानीय उत्पादन तथा दैनिक उपभोग्य वस्तु किनबेच गर्न समेत समस्या भएको यहाँका स्थानीयवासीहरूले बताएका छन् ।

अहिले केदार स्युँ गाउँपालिका र थलारा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँले मिलेर नदीमा सामान्य काठेपुल निर्माण गरेपनि उक्त पुल पनि निकै जोखिमपूर्ण भएको स्थानीय बताउँछन् । यता थलारा गाउँपालिका र केदार स्यँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित र पदम उपाध्यायले यस वर्ष सेती नदीमा काठेपुल निर्माणका लागि दुवै पालिकाले २ लाख ६० हजार रकम विनियोजन गरेको बताएका छन् ।

संघीय शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना धनगढी कैलालीका सब इन्जिनियर दिपकराज पन्तले १० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।