२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


429
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रूपैयाँले घटेर एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आज आइतबार स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।