काठमाडौं, भदौ १२ । बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रसचिवहरुको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकले आगामी बिहीबार र शुक्रबार हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा प्रस्तुत् हुने एजेन्डाहरु तय गरेको छ ।
बैठकले तयार पारेको काठमाडौं घोषणापत्रका बुँदाहरुलाई बुधबार बस्ने मन्त्रिस्तरीय बैठकमा पेस गरिने र परराष्ट्रमन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि सम्मेलनमा पेस गरिने बताइएको छ ।
सचिवस्तरीय बैठकले विभिन्न ८ ओटा विषयमा छलफल गरी एजेन्डा बनाइएको छ ।
ती एजेन्डालाई बुधबार बस्ने परराष्ट्रमन्त्रीस्तरीय बैठकले अन्तिमरुप दिएर सम्मेलनमा प्रस्तुत् गरिनेछ ।
क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सन्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्यलगायतका विषयमा सदस्य राष्ट्रबीच गम्भीर छलफल भएको छ ।
यस्तै, बिम्स्टेक ग्रीड इन्टरकनेक्सनको सम्झौतापत्र पनि तयार पारिएको जनाइएको छ ।
शिखर सम्मेलनमा सहभागी हुन सातओटै राष्ट्रका कार्यकारी प्रमुख नेपाल आउँदैछन् ।









प्रतिक्रिया दिनुहोस्