जसपामा खटपट « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


जसपामा खटपट


806
Shares

काठमाडौं । स्थापना भएको छोटो समयमै दुईपटक विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि खटपट सुरु भएको छ ।

पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो ।

बाबुराम भट्टराई, महिन्द्र यादवलगायतका नेताले जसपाबाट विभाजित भएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्दा राईले अन्तिम समयमा आएर उपेन्द्रलाई साथ दिएका थिए ।

पार्टी विभाजन हुनुभन्दा अघि राई भट्टराई समूह निकट थिए । पार्टी विभाजनका बेला उपेन्द्रको पक्षमा लागेका राई प्रतिनिधिसभामा जसपा संसदीय दलको नेता चयनलाई लिएर असन्तुष्ट छन् । राई संसदीय दलको नेता बन्न चाहन्थे तर उपेन्द्रले सहयोग नगरेका कारण उनको चाहना पुरा हुन सकेन । त्यसपछि उपेन्द्र र राईबीच खटपट सुरु भएको स्रोत बताउँछ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।