Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित


312
Shares

काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएकाे छ।

शनिबार उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएकाे संसद सचिवालयले जनाएकाे छ ।

इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहनु भएकाे थियाे।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।