Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु


52
Shares

काठमाडाैं । प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना हुनुहुन्छ भने नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव रहनुभएको छ ।

रानामगरको प्रश्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन हुनुहुन्छ । त्यस्तै यादवको प्रश्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।