
काठमाडाैं । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनुभएको छ ।
बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला हुनुहुन्थ्यो । सरकार परिवर्तनसँगै उह्ँले राजीनामा दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्