नागरिकता विधेयकमा सबै दल एकै ठाउँमा उभिनु पर्छ : सांसद श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


नागरिकता विधेयकमा सबै दल एकै ठाउँमा उभिनु पर्छ : सांसद श्रेष्ठ


117
Shares

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले नागरिकताक विधेयकका सम्बन्धमा सबै राजनीतिक दल एकै स्थानमा उभिनु पर्ने बताउनु भएकाे छ ।

उपसभामुख पदमा इन्दिरा रानामगरको उम्मेदवारीको समर्थन गर्दै श्रेष्ठले नागरिकता, राष्ट्रियता, जनजीविका र गरिबी न्यूनीकरणको सवालमा सबै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताउनु भयाे ।

उहाँले संविधान नै संशोधन गरेर लिम्पियाधुरासहितको भूभाग नक्सामा समेटे पनि त्यसलाई व्यवहारिक रुपमा फिर्ता ल्याउने विषयमा सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै टिप्पणी गर्नुभएकाे छ ।