१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति उपसभामुख हुँदा संसद्को गरिमा बढ्छ’


104
Shares

काठमाडौं । नेपाली कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताउनु भएकाे छ ।

शनिबार प्रतिनिधिसभामा बाेल्दै सांसद पाण्डेले संविधानको आशयअनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताएका हुन् ।

मुक्ताकुमारी यादव एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उहाँलाई जिताउन आवश्यक रहेको पाण्डेले बताउनु भयाे ।

त्यस्तै पाण्डेले सभामुख देवराज घिमिरेलाई बधाई दिँदै सभालाई निष्पक्ष ढंगले सञ्चालन गर्ने अपेक्षा लिएको बताउनु भयाे ।