Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अभिनेता गोविन्दाका छोरा यशवर्धनले फिल्ममा डेब्यू गर्दै


1.6k
Shares

एजेन्सी । भारतीय अभिनेता गोविन्दा आहुजाका छोरा यशवर्धन आहुजाले बलिउडमा डेब्यू गर्ने भएका छन्।

फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार याे फिल्मलाई गोविन्दाले निर्माण गर्ने भएका छन् । फिल्ममा चर्चित कोरियोग्राफर गणेश आचार्यकी छोरी सौन्दर्या आचार्यको समेत मुख्य भूमिका रहने भएकाे छ। यस फिल्मलाई कसले निर्देशन गर्ने भनेर घोषणा भने गरिएको छैन् ।

सन् २०२१ मा गोविन्दाकी श्रीमती सुनिता आहुजाले छोराको बलिउड डेब्यूलाई लिएर छिट्टै फिल्ममा काम गर्ने घोषणा समेत गरेकी थिइन् । यशवर्धनले साजिद नाडियाडवालासँग सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । उनले ढिशूम, किक २ र तडप जस्ता फिल्ममा काम गरेका थिए। 

गोविन्दाकी छोरी टिना आहुजाले पनि सन् २०१५ मा ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। तर फिल्मले व्यवसायिक रूपमा सफलता पाउन भने सकेकाे थिएन ।