
काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।
प्रतिष्ठानका अनुसार माघ १० गते सम्मेलन हुने छ । सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा छलफल हुने छ ।
कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास प्रतिष्ठानले गरेको छ ।
देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन सम्मेलन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्यले बताउनुभयो ।
उहाँले सम्मेलनमा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले प्रदर्शनका क्रममा प्यानल छलफल, विज्ञ प्रश्तुती र प्रदर्शनीहरु रहने र सात प्रदेशबाट नै सहभागी हुने बताउनुभयो ।
त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विषय प्राविधिक डा. रविन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवतकहरुलाई आफ्नो काममा सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले यस किसिमका सम्मेलनले नेपाललाई कस्ता फाइदाहरु हुन्छन् भन्नेकुराको पनि ध्यान दिनुपर्ने आवश्यक्रा रहको बताउनुभयो । उहाँले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्नलाई सहयोग गर्ने बताउनुभयो ।
सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई उक ठाउँमा ल्याउने उद्देश्य राखेको आयोजकले बताएको छ । देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्यले सुरु गर्ने सम्मेलनमा सबै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्