Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


सिन्धुलीमा जंगली हात्तीको सधै सास्ती


143
Shares

सिन्धुली । पूर्वको कोशी टाप्पु वन्यजन्तु आरक्षबाट उदयपुर हुँदै सिन्धुलीमा प्रवेश गरेकाे जंगली हात्तीको झुण्डले दु:ख दिएकाे छ ।

सिन्धुलीकाे कमलाखोंचका स्थानीय वासीन्दाहरु हात्तीको झुण्डबाट पीडित बन्दै आएका हुन् । जंगली हात्तीले कमलाखोंच क्षेत्रका स्थानीयवासीको घर भत्काउने, धान, मकै, केरा, मेवा र आँप लगायतका अन्न बाली र फलहरुको नोक्सान गर्दै आएपछि स्थानीय कृषकहरु चिन्तित भएक छन् ।

कमलाखोंच र चुेर भावर क्षेत्रमा बस्ने घुम्ने जंगली हात्तीका कारण हालसम्म डेढ दर्जन मानिहसहरुले अकालमै ज्यान समेत गुमाएका छन् । हजारौं हेक्टर जमिनहरु बाझै बसेका छन् । जंगली हात्तीको मुख्य निशाना कमलाखोंच क्षेत्र स्थित दुधौली नगरपालिका–६ को माथिल्लो पत्रिंगा पर्दै आएको छ ।

सोही क्षेत्रमा जंगली हात्तीले पटक-पटक आक्रमण गर्दा स्थानीयवासीन्दाहरुको घर, केराको बोट र घरमा राखेको धान नोक्सान गर्दै आएको छ । घना जंगल भएको चुरे पहाड आसपासको कमलाखोंच क्षेत्रमा जंगली हात्तीको त्रासका कारण कतिपय स्थानीयवासीन्दाहरु सुरक्षित स्थानमा बसाई समेत सर्दै जान थालेका छन्।

रातको समयमा चुरे पहाड जंगलबाट आउने जंगली हात्तिबाट सुरक्षित रहन डिभिजन वन कार्यालय सिन्धुलीले कमलाखोंच र अन्य हात्ती प्रभावित क्षेत्रहरुमाउर्दि समेत जारी गर्दै आएको छ ।