
काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा मोन्जालाई २–१ ले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको आठौं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा माट्टिया भालोटिले गोल गर्दै मोन्जालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७८ औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्