शिवराज वडा नं.५ द्वारा भेडा बाख्रालाई निशुल्क पिपिआर खोप « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


शिवराज वडा नं.५ द्वारा भेडा बाख्रालाई निशुल्क पिपिआर खोप


91
Shares

काठमाडाैं । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ ले वडाका कृषकहरुको भेडा बाख्रालाई विभिन्न रोगबाट बचाउन निशुल्क पिपिआर खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान बिहिबार वडाको पर्सिया गाउँबाट सुरु गरिएको वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।

भेडा बाख्रामा लाग्ने विभिन्न रोगहरुबाट बचाउन नगरपालिका पशु शाखाको सहयोगमा वडामा रहेका किसानहरुका भेडा बाख्राका लागी निशुल्क खोप लगाउन सुरु गरिएको अध्यक्ष बेल्वासेले बताउनु भयो । किसानका भेडा बाख्राहरुमा लाग्ने विभिन्न रोगहरुका कारण किसानले क्षति व्योहोर्नु पर्ने हुदाँ किसानको पशु क्षति कम गर्न खोप अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।

वडाको पर्सिया गाउँबाट सुरु भएको खोप अभियान वडाका विभिन्न १६ गाउँमा लगाइने छ । खोप अभियान वडा सदस्य प्रेम सुनार , बब्बु खा, पशु चिकित्सक केशर महत्रा लगायतको सहभागिता रहेको छ ।