धौलागिरी हिमालमा वेपत्ता भएका कार्कीको शव फेला « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


धौलागिरी हिमालमा वेपत्ता भएका कार्कीको शव फेला


663
Shares

सोलुखुम्बु । धौलागिरी हिमालमा ३ महिनादेखि वेपत्ता भएका बालकुमार कार्कीको शव फेला परेको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ कांगेलका २७ वर्षीय कार्कीकाे शव फेला परेकाे हाे । धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता भएका कार्कीको शव फेला परेको हो ।

हिमपात भएको समयमा वेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सूर्यबहादुर बस्नेतले बताउनुभयो । कार्कीको शव हेलिकाेप्टर मार्फत पोखरा ल्याएर त्यहाँबाट काठमाडाैं लगिएकाे उहाँले जानकारी दिनुभयो ।

शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जनाइएकाे छ। कार्की फूल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्केका थिए ।