
सीता पाण्डेय (इमेज)
पाल्पा, भदौ १२ । असारे रोपाइँको झल्को दिनेगरी पाल्पाको तानसेनमा मंगलबार रोपाइँजात्रा निकालिएको छ ।
नौमतीबाजा र असारेगीतको तालमा युवा–युवतीहरुले सडकमा बाउसे तथा रोपाहारको अभिनय गर्दै जात्रा निकालिएको थियो ।
यहाँको रोपाइँजात्रामा हलगोरुले सडकमा जोत्ने, युवाहरुले बाउसे गर्ने र युवतीहरुले नौमतीबाजाको तालमा धानको बीउ रोप्ने गरिन्छ ।
जात्रामा गाउँको साहु–मुखियाको झल्को दिनेगरी केही व्यक्तिलाई छाता ओढाएर हिँडाउने र उनको अघि–पछि सुरक्षाकर्मी खटाउने गरिन्छ ।
अरु व्यक्तिहरु भने पछि–पछि बाजाको तालमा नाच्दै हिँड्ने गर्दछन् ।
जनैपूर्णिमाको पर्सीपल्ट मनाइने यो जात्रा विशेषगरी यस भेगका नेवार बस्तीहरुमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्