कपाल झर्ने समस्याको कारक इनर्जी ड्रिक्स : अध्ययन « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


कपाल झर्ने समस्याको कारक इनर्जी ड्रिक्स : अध्ययन


273
Shares

एजेन्सी । विभिन्न खाले नरम पेय पदार्थ आधुनिक जीवन शैलीका अभिन्न अङ्ग जस्तै बनेका छन् । तर, तिनै पेय पदार्थहरुले मानिसको सुन्दरता खोस्छन् भन्ने थाहा पाउनु चाहिँ दिक्दारीको विषय हुनसक्छ ।

चीनको सिन्ह्वा विश्वविद्यालयको एक अध्ययनले नरम पेय पदार्थहरुको अधिक सेवन कपाल झर्ने समस्याको मूल कारण भएको देखाएको छ । त्यसमा पनि थकान मेट्न पिउने इनर्जी ड्रिंक्स सबैभन्दा जिम्मेवार रहेको विश्वविद्यालयको अध्ययनको निचोड छ ।

तागत बढाउने इनर्जी ड्रिंक्स, स्पोर्टस् ड्रिंक्स र कोक तथा पेप्सी जस्ता फिँजयुक्त पेय पदार्थहरुको सेवनबाट महिला वा पुरुष जोसुकैको कपाल झर्ने सम्भावना उच्च रहने सिन्ह्वा विश्वविद्यालयको अनुसन्धानको दाबी छ ।

यत्ति मात्रै होइन गुलियो चिया र कफीको अधिक सेवनले पनि कपाल झर्ने समस्या बढाउने अध्ययनको दाबी छ ।

चार महिना लगाएर गरिएको अध्ययनमा समावेश गरिएका एक हजार मानिसहरुले सातामा १२ पटक भन्दा बढी चिनीयुक्त पेय पदार्थ सेवन गर्ने गरेको बताएका थिए ।

फास्टफूड बढी खाने र हरियो तरकारी कम खानेहरुमा पनि कपाल झर्ने सम्भावना बढी देखिएको अध्ययन रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चिन्ता र पोषण तत्वको कमीले पनि कपाल झर्ने समस्या आउने देखिएको छ ।