
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
मंगलबार बिहान देशका पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, देशको तराईका भू-भागका केही स्थानमा भने हुस्सु र कुहिरो लागिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मंगलबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्